प्रज्ञा भवनमा ‘संयुक्त राष्ट्रसंघको महासभा’ सुरु, आयोजक जेभियर इन्टरनेशनल – Nepal Press

प्रज्ञा भवनमा ‘संयुक्त राष्ट्रसंघको महासभा’ सुरु, आयोजक जेभियर इन्टरनेशनल

काठमाडौं । संयुक्त राष्ट्र संघको सभा कसरी सन्चालन हुन्छ ? कस्ता विषयमा राष्ट्रसंघमा छलफल हुन्छन् ? यसबारे विद्यार्थीलाई जानकारी गराउने र उनीहरुलाई नै छलफलमा सहभागी गराउँदै जेभियर इन्टरनेशनल कलेजले नमूना राष्ट्रसंघ आयोजना गरेको छ ।

काठमाडौंको प्रज्ञा भवनमा तीन दिनसम्म चल्ने नमूना महासभाको उद्घाटनका अवसरमा नेपालस्थित एनपिएसकी प्रतिनिधि वाङ योङहाङले विश्वमा शान्ति र सहअस्तित्वको लागि राष्ट्रसंघको भूमिका कस्तो रहने भन्नेबारे विद्यालय तहदेखि दीक्षित गरिनु राम्रो प्रयास भएको बताइन् ।

कार्यक्रममा जेभियर इन्टरनेशनलका अध्यक्ष लोकवहादुर भण्डारी,कार्यकारी निर्देशक गोपाल भण्डारीलगायतले सहभागीलाई सम्मानित गरेका थिए । यो मोडल युनाइटेड नेशनमा विद्यार्थीले आ आफ्नो शीर्षक अनुसार सम्बन्धित देश वा संस्थाको प्रतिनिधित्व गरेर तर्क राख्नेछन् ।

यस्तो कार्यक्रम विद्यार्थीको कम्युनिकेशन स्किल विकास र राष्ट्रसंघीय ढाँचाका साथै उनीहरुको आत्मविश्वास जगाउन आयोजना गरिएको आयोजक कमिटीका महासचिव स्नेहा श्रेष्ठले जानकारी दिइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *