राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्छ : कोइराला – Nepal Press

राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस एक्लै लड्नु पर्ने बताए । गठबन्धन दलसँग मिलेर चुनाव लड्दा कांग्रेस नरहने उनको तर्क छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको बताए ।

अब भने तोकिएकै मितिमा महासमिति बैठक हुने कोइरालाको दाबी थियो ।

डा. कोइरालाले आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन आवश्यक रहेकाले सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन नसक्ने जिकिर गरे ।

जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको डा कोइरालाको भनाइ थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । ‘बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन् ।
मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ छैन,’ उनले थपे, ‘एक वर्षमा प्रधानमन्त्रीले के–के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन् । उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर