डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते – Nepal Press

डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

कैलाली । डडेल्धुरामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भागेश्वरवाट डडेल्धुरा सदरमुकाम तिर आइरहेको सुदूरपश्चिम प्रदेश ०४-००१ च १८८ नम्बरको जिप आईत बजार नजिक दुर्घटना भएको थियो ।

दुर्घटनामा परि अमरगढी नगरपालिका ८ बस्ने ४० वर्षका दानबहादुर ओलीको मृत्यु भएको हो । दुर्घटनामा नवदुर्गा गाउँपालिका ९ बस्ने ३० वर्षका दीपक बुढाऐर र नवदुर्गा ४ बस्ने २७ वर्षका दीपेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक कुमार कार्कीले जानकारी दिए ।

उनका अनुसार मोडमा जिप पल्टिएको थियो । दुर्घटनामा तीन जना घाइते भएका थिए । घाइते अवस्थामा प्रहरीले उद्धार गरेर डडेल्धुरा ल्याएको थियो । ती मध्ये एक जनाको मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर