नेकपाको बैठक- विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित – Nepal Press

नेकपाको बैठक- विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विशेष बैठकले महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पारित गरेको छ।

कपिलवस्तुमा बसेको केन्द्रीय सदस्यहरुले पेश गरेका सुझावसहित राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

सोमबारबाट सुरु भएको बैठकमा महासचिव विप्लव सीले विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौं भन्ने शिर्षकको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव पेश गरेका थिए।

प्रस्तावमाथि केन्द्रीय समितिका सदस्यहरुले समूहगत छलफल गरी समूह नेताहरु मार्फत मंगलवारको बैठकमा सुझावहरु पेश भएको थियो। बैठकमा नेताहरुले एमसीसी, पार्टीका नेताहरुविरुद्ध पक्राउ पूर्जी र एनसेल काण्डविरुद्ध थप संघर्ष गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर