बाटो निर्माणमा असमान मापदण्ड बनाएपछि बराहक्षेत्र नगरपालिकाविरुद्ध स्थानीय बसे आमरण अनसनमा (भिडिओ) – Nepal Press

बाटो निर्माणमा असमान मापदण्ड बनाएपछि बराहक्षेत्र नगरपालिकाविरुद्ध स्थानीय बसे आमरण अनसनमा (भिडिओ)

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकाले बाटो निर्माणमा पक्षपात गरेको भन्दै तीन जना स्थानीय आमरण अनसनमा बसेका छन् ।

बराहक्षेत्र नगरपालिकाले बाटो निर्माणमा समान मापदण्ड नअपनाएको भन्दै ६८ वर्षीया तीर्थराज कुइँकेल, नवीन गौतम तीन दिनदेखि आमरण अनसन बसेका हुन् । उनीहरुको आमरण अनसनमा २०७ जना स्थानीयले ऐक्यबद्धता जनाएका छन् ।

बराहक्षेत्र नगरपालिका- ६ मा नगरपालिकाले बनाएको बाटो कतै ७० फिट, कतै ८० फिट त कतै ६० फिट बनाएको भन्दै आमरण अनसन बस्नु परेको नवीन गौतमले बताए ।

‘कार्तिक २६ गते सूचना निकाल्दै बाटोको मापदण्ड मनपरी बनाइएको र एउटै मापदण्ड बनाउन भन्दा नगरपालिका नमानेपछि बाध्य भएर आमरण अनसन बस्नु परेको हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *