मन्त्रिपरिषद्काे बैठक जारी, आजदेखि नयाँ हलमा – Nepal Press

मन्त्रिपरिषद्काे बैठक जारी, आजदेखि नयाँ हलमा

काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । आजदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बैठक बसेको हो । सोही हलमा मन्त्रिपरिषद्को नियमित बैठक अहिले जारी छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही महिनाअघिबाट मात्र सञ्चालन गरिएको थियो ।

ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन प्रचण्डले गरेका थिए । अहिले प्रधानमन्त्री कार्यालय त्यहिँबाट सञ्चालन भइरहेको छ ।

यो कार्यालयका बाहिरी र भित्री कक्षहरू ‘थ्रिडी एनिमेसन’ सहित निर्माण गरिएको छ ।

युरोपेली शैलीमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आवश्यक सामग्री बेलायतबाट झिकाएर आफ्नो निजी निवासका रूपमा सिंहदरबार बनाएका थिए।

भूकम्पपछि यो भवन भत्काउने या मर्मत गर्ने विषयमा विवाद भएकाले पुनर्निर्माण कार्य रोकिएको थियो । तर, पुरातात्त्विक महत्त्व कायम हुनेगरी सिंहदरबारको प्रबलीकरणका लागि तत्कालीन प्रम ओलीले निर्देशन दिएका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर