पूर्व सूचना तथा सञ्चारसहायक मन्त्री न्यौपानेको निधन – Nepal Press

पूर्व सूचना तथा सञ्चारसहायक मन्त्री न्यौपानेको निधन

सुर्खेत । पूर्व सूचना तथा सञ्चार सहायक मन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।

न्यौपाने लामो समयदेखि कलेजको समस्याबाट पीडित थिए । ६५ वर्षीय न्यौपानेको शहीद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचारका क्रममा निधन भएको हो ।

डाक्टरले केही दिनमा कलेजो प्रत्यारोपण गर्ने सल्लाह दिएको नेकपा एमाले कालीकोका अध्यक्ष जसीप्रसाद पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

न्यौपानेको शव पशुपतिको शव चिस्यान कक्षमा राखिएको छ। उनकी श्रीमती नेपालगन्ज र छोरा दुबईबाट आएपछि २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कालिकोटको रास्कोट नगरपालिका-८ स्थायी घर भएका न्यौपाने २०५१ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कालिकोटमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर