कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु – Nepal Press

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कैलाली । कैलालीको घोडाघोडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १ स्थित जंगल रिसोर्ट नजिकै सुदूरपश्चिम प्रदेश ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोडाघोडी नगरपालिका-२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई घोडाघोडी अस्पतालबाट थप उपचारको लागि धनगढी स्थित माया मेट्रो अस्पतालमा ल्याइएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर