यस्तो छ आजको मौसम – Nepal Press

यस्तो छ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ।

आ दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । राति पनि देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ ।

मौसम सफा रहे पनि क्रमशः चिसो भने बढ्दै गइरहेको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *