हाम्रो आदर्श र सिद्धान्तलाई सबै पार्टीले मानेर आएका छन्, हाम्रो जित भएको मान्नुपर्छ : देउवा (भिडिओ) – Nepal Press

हाम्रो आदर्श र सिद्धान्तलाई सबै पार्टीले मानेर आएका छन्, हाम्रो जित भएको मान्नुपर्छ : देउवा (भिडिओ)

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान अनुसार एक पार्टीको बहुमत पु¥याउन गाह्रो भएको बताएका छन् । पोखरामा जारी कांग्रेस गण्डकी प्रदेशको सम्मेलनमा सभापति देउवाले कुनै पनि पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता भएको बताएका हुन् ।

‘संविधान अनुसार एक पार्टीको बहुमत पुर्याउन गाह्रो छ । त्यसैले कुनै पनि पार्टी मिलेर सरकार बनाउनुपर्ने बाध्यता पनि हो’, उनले भने

अरु पार्टीले कांग्रेसको आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएकाले पार्टीको जित भएको मान्नुपर्ने सभापति देउवाले सुनाए । उनले भने, ‘अहिले हाम्रो पार्टीको आदर्श र सिद्धान्त भनेको महत्वपूर्ण कुरा हो । हाम्रो आदर्श, सिद्धान्त सबै पार्टीहरुले मानेर आएका छन् । त्यसकारण हाम्रो पार्टीको जित भएको मान्नुपर्छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर