पठाओको एलियन मार्केटिङले राजधानीमा तहल्का – Nepal Press

पठाओको एलियन मार्केटिङले राजधानीमा तहल्का

काठमाडौं । केही दिनदेखि एलियन भेषमा सुपरफेस्ट २०२३ को नारामा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा देखिरहेका छन् ।

हाल सामाजिक सञ्जालमा भाइरल भइरहेका एलियनहरु को हुन र कहाँबाट आए ? यस्ता प्रश्नहरु सबैका मनमा आइरहेका छन् । राजधानीका प्रख्यात क्षेत्रहरुमा ‘कोही मिल गया’ नाम हिन्दी फिल्मको एलियन ‘जादु’ जस्तै देखिने भेषमा वसन्तपुरदेखि बौद्ध स्तुपासम्मका क्षेत्रहरुमा एलियन देखिरहेका छन् ।

नेपालको अनलाइन (राइड तथा फुड डेलिभरी) प्लाटफर्म पठाओले ‘सुपरफेस्ट २०२३’ आयोजना गरेको छ । सोही सुपरफेष्टमा पठाओकोले नयाँ कनसेप्टमा आधारित ती एलियन भेषमा रहेका व्यक्तिहरुलाई आफ्नो ब्यापार प्रर्वद्धनका लागि पठाएको हो । पठाओ कम्पनीले यस कन्सेप्टलाई नेपालकै पहिलो युनिक मार्केटिङ भनेको छ ।

पठाओले डिसेम्बर २१ अर्थात पुस ५ देखि ‘ट्याग एण्ड विन १० हजार’ नामक हालसम्मकै ठूलो अफर सार्वजनिक गरेको हो । अफर ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नाराका साथ सुरु गरिएको छ ।

सुपरफेस्टमा फुड तथा राइडमा विभिन्न अफरहरु रहेका छन् । पठाओको यस नयाँ अफरमा दुइजनाले ५ हजार रुपैयाँ सम्मको ‘प्रोमो कोड’ पाउने जनाइएको छ भने, राजधानीका ठाउँ ठाउँमा देखिएका एलियनहरुको फोटो खिचेर ‘ह्याट्रयाक’ पठाओ लेखर सामाजिक सञ्जालमा सेयर गर्दा उक्त अफरमा हिस्सा लिन सक्नेछन ।

पठाओका अनुसार एक जना सहभागी ग्राहकले १० हजार रुपैयाँको प्रोमो जित्नेछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर