चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो – Nepal Press

चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १११ पुग्यो

काठमाडौं । उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा सोमबार मध्यरातमा गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी गान्सु र छिमेकी छिङहाइ प्रान्तमा १११ जनाको मृत्यु भएको स्थानीय भूकम्प राहत मुख्यालयले जनाएको छ ।

चाइना भूकम्प नेटवर्क सेन्टरकाअनुसार राति ११ बजेर ५९ मिनेटमा भूकम्प गएको हो । यसको केन्द्रबिन्दु १० किलोमिटरको गहिराइमा रहेको बताइएको छ । भूकम्पले घर, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको प्रत्यक्षदर्शीले बताएका छन् ।

गाउँमा विद्युत र खानेपानी अवरुद्ध भएको छ । प्रान्तीय अग्नि तथा उद्धार विभागले ८८ दमकल, १२ खोज तथा उद्धार कुकुर, १० हजार भन्दा बढी उपकरणसहित ५८० उद्धारकर्ता विपद् क्षेत्रमा पठाएको छ । रेलवे प्राधिकरणले भूकम्प क्षेत्रबाट गुज्रने यात्रु र मालवाहक रेलहरू बन्द गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर