शिक्षक र विद्यार्थीलाई २ लाख बराबरका पोशाक प्रदान – Nepal Press

शिक्षक र विद्यार्थीलाई २ लाख बराबरका पोशाक प्रदान

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयलाई समाजसेवी शिव केसीले एक सय ९५ थान पोशाक प्रदान गरेका छन् ।

विद्यालयका विद्यार्थी, शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीका लागि केसीले रु दुई लाख बराबरका पोशाक उपलब्ध गराएका हुन् ।

सोमबार विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता केसीले विद्यालय व्यवस्थापन समिति र विद्यालयलाई उक्त सामग्री प्रदान गरेका थिए ।

विद्यालयका सल्लाहकारसमेत रहेका केसीले विगतदेखि नै विद्यालयको शैक्षिक र भौतिक विकासमा सहयोग गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सुवेदीले बताए ।

कार्यक्रममा विद्यालयले सहयोगदाता केसीलाई सम्मान गरेको छ । वडा सदस्य जितबहादुर खत्री, विद्यालयका अध्यक्ष सुवेदी, प्रधानाध्यापक विजय शर्माले सहयोगदाता केसीलाई सम्मान गरेका थिए ।

प्रावि स्थायी दरबन्दी रहेको यस विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुन्छ भने जिल्लामै एकमात्र दृष्टिविहीन स्रोत कक्षासमेत सञ्चालनमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *