प्रस्तावित न्यायाधीश पोखरेलमाथि संसदीय सुनुवाइ सुरु, यस्ता छन् उनका कार्ययोजना – Nepal Press

प्रस्तावित न्यायाधीश पोखरेलमाथि संसदीय सुनुवाइ सुरु, यस्ता छन् उनका कार्ययोजना

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा मध्यान्ह पौने १२ बजेबाट सुनुवाइ सुरु भएको हो ।

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सुनिलकुमार पोखरेलले आफ्नो कार्य योजना बैठकमा २० मिनेट लगाएर प्रस्तुत गरेका छन् । प्रस्तुत कार्य योजनामाथि सांसदले जिज्ञासा तथा प्रश्न गर्न सुरु भएको छ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनको नियुक्ति हुनेछ । पोखरेलको सुनुवाइ सकिए लगत्तै अर्का सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश बालकृष्ण ढकालमाथि सुनुवाइ सुरु हुनेछ ।

यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *