प्रचण्डकी नातिनीको बिहेबारे हिमाल शर्माको प्रतिरक्षा- विषयलाई भ्रमित गरियो, तडकभडक थिएन – Nepal Press

प्रचण्डकी नातिनीको बिहेबारे हिमाल शर्माको प्रतिरक्षा- विषयलाई भ्रमित गरियो, तडकभडक थिएन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नातिनीको भड्किलो विवाह गराएको विषयमा चौतर्फी आलोचना भएपछि माओवादीका एक नेता बचाउमा उत्रिएका छन् ।

माओवादी केन्द्रीय सदस्य हिमाल शर्माले बाहिर चर्चा भएजस्तो भड्किलो विवाह नभएको दाबी गरेका हुन् ।

सबैलाई सोचे भन्दा सामान्य नै लागेको छ ! उहाँहरूको कुनै नेगेटिभ कमेन्ट भेटिएन ! तर जो त्यहाँ पुग्नुभएन फोटोमा त्यै एउटा फोटो सुटको लागि फूलले सजाइएको सानो सुन्दर मञ्च मात्र देख्नु भयो ! त्यसैलाई आधार मानेर अरू त के के न भए होला भन्ने ठानेर कमेन्ट गर्नु भएको होला जस्तो लाग्छ !’ शर्माले लेखेका छन् ।

बिहेमा उधुम तडकभडक आफूले केही नपाएको भन्दै उनले योभन्दा तामझामका अन्य विवाह सोही होटलमा भएको पनि बताएका छन् ।

यो विवाह समारोह सामान्य पिकनिक गर्ने चौर जस्तैमा आयोजना भएको थियो ! भीआईपीहरुको लागि छुट्टै स्पेसल भन्ने पनि केहि थिएन ! बेकारमा कसैले टाउको नदुखाउनु होला !’ शर्माले लेखेका छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डकी नातिनीको बिहेबारे हिमाल शर्माको प्रतिरक्षा- विषयलाई भ्रमित गरियो, तडकभडक थिएन

  1. त्यत्रो होटलमा गर्दा सामान्य भयो ? अझ महँगोमा गर्नुपर्ने ? अनि तडकभडक वेहुलीको तर्फबाट भएको होईन यतिले सित्तैमा गर्न दिएको हो पनि भनौं न । आफूले खर्च नगरेपछि कसरी तडकभडक भयो भन्न मिल्छ ? कि कसो हिमालजी ? भोलि प्रचण्डजिले घुस खाएको स्पष्ट भयो भने पनि हिमालजिजस्ता ढाल बनेर परतिरक्षा गर्छन । यति भएपछि प्रचण्डजिलाई केको डर ? चाकडीको चरम नमूना । युवा पुस्ताबाट केही हुन्छ कि भन्नेलाई यस्ता चाकडीबाजले निराश बनाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर