लुम्बिनी कांग्रेसले थाल्यो राष्ट्रिय सभा निर्वाचनको तयारी, सबै जिल्लाबाट उम्मेदवार मागियो – Nepal Press

लुम्बिनी कांग्रेसले थाल्यो राष्ट्रिय सभा निर्वाचनको तयारी, सबै जिल्लाबाट उम्मेदवार मागियो

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनीले राष्ट्रिय सभाको निर्वाचनका लागि सबै जिल्लाबाट एक एक जना उम्मेदवारको नाम सिफारिस गर्न पार्टीको जिल्ला समितिलाई आग्रह गरेको छ ।

आइतबार बुटवलमा बसेको प्रदेश समितिको बैठकले प्रदेशबा १२ वटै जिल्लाबाट आकांक्षी एक जनाको नाम माग्ने निर्णय गरेको कोषाध्यक्ष प्रकाश रानाले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट २ देखि ३ जनाको नाम पार्टीले राष्ट्रिय सभामा पाउने भएकाले त्यो नाम छनौटका लागि प्रदेश समितिले सक्रियता थालेको हो ।

प्रदेश सभापति अम्मरसिंह पुनको अध्यक्षता सम्पन्न बैठकले बुटवलमा सकिएको प्रदेशको प्रथम सम्मेलनको समीक्षा गर्दै सम्मेलनबाट पारित कार्यदिशालाई कार्यान्वयन गर्ने निर्णय गरेको रानाले बताए ।

बैठकले प्रदेश सरकारलाई तत्काल पूर्णता बनाउने र प्रदेश तथा स्थानीय तहमा कांग्रेसबाट जितेका प्रतिनिधिको काम कारबाही अनुगमन गर्न पार्टीको प्रदेश तहबाट टोली खटाउने, ५२ वटा प्रदेश सभामा रहेका पार्टी सभापतिहरुलाई राखेर दुई दिने प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

आइतबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी सहभागी भएर प्रदेश पार्टीका योजनाबारे चासो राखेका थिए ।

कांग्रेस प्रदेश समितिमा यहाँबाट केन्द्रीय समितिमा रहेका नेताहरु र सबै जिल्ला सभापति आमन्त्रित रहने व्यवस्था रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर