बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु – Nepal Press

बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

कैलाली । बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।

‘चार जना मृत्यु भएको छ रोडमै पल्टिएको छ ट्याक्टर’, उनले भने, ‘उहाँहरूको घटना स्थलमै मृत्यु भएको हो ।’

बाजुरा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गाइरहेको ट्र्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना भएको थियो ।

निर्माण सामाग्री लिएर गएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर