‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक – Nepal Press

‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक

काठमाडौ । आगामी माघ १९ गते रिलिज हुने फिल्म ‘नम्बरी सुन’ को नयाँ गीत ‘तिमी वर म पीपल’ सार्वजनिक भएको छ ।

प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ । गीतमा आदेश गुर्माचनको एरेन्ज, नरेश बीसीको मिक्सिङ र मास्टरिङ छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा फिल्मका प्रमुख कलाकार गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् ।

ओएसआर डिजिटलबाट सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा गौरव र नम्रताको क्यामेष्ट्री निकै सुहाएको छ । गीतको भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मनोरञ्जन श्रेष्ठको कलर छ ।

फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ ।

राजु गिरीको निर्देशन रहेको फिल्ममा शिवम अधिकारीको कथा र पटकथा, दिव्य सुवेदीको छायांकन, गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, अर्जुन पोखरेल र नारायण खातीको शब्द, राजेशपायल राई, प्रताप दास, शान्तिश्री परियार र अनु चौधरीको स्वर, विनोद भुजेलको ब्याकग्राउण्ड स्कोर, समीर मियाँको भीएफएक्स, देव महर्जनको द्वन्द्व र रामजी लामिछानेको कोरियोग्राफी छ ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजाल निर्माता छन् । फिल्मलाई जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर