काठमाडौंमा महँगा गाडीका सवारी दर्ता प्रमाणपत्र नै नक्कली – Nepal Press

काठमाडौंमा महँगा गाडीका सवारी दर्ता प्रमाणपत्र नै नक्कली

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् । उनीहरुलाई ललितपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट बरामद भएका गाडीका सवारी दर्ता प्रमाणपत्र अनुसन्धानका क्रममा नक्कली भेटिएपछि प्रहरीले पक्राउ गरेको हो ।

‘यी गाडीहरु भारतबाट भन्सार छलेर नेपालमा नक्कली सवारी दर्ता प्रमाणपत्र बनाएर चलाउने गरेको देखिन्छ । यसबारे थप अनुसन्धान गरिरहेको छ’, अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *