कांग्रेस गण्डकी प्रदेश प्रथम सम्मेलन पुस ३ र ४ गते, सभापति देउवाले उद्घाटन गर्ने – Nepal Press

कांग्रेस गण्डकी प्रदेश प्रथम सम्मेलन पुस ३ र ४ गते, सभापति देउवाले उद्घाटन गर्ने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । कांग्रेस प्रदेश सूचना, संचार तथा प्रचारप्रसार विभागले आइतबार पत्रकार सम्मेलन गर्दै पुस ३ र ४ गते हुने प्रदेश प्रथम सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

सम्मेलनको उद्घाटन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले बताए । सम्मेलनबाट प्रदेशभरबाट करिव ५ सय प्रतिनिधि सहभागी हुने शर्माले सुनाए ।

सम्मेलनबाट पार्टीलाई विधानत चल्न आग्रह प्रदेश सभापति शर्माले बताए । ‘सम्मेलनमार्फत पार्टीलाई विधानत चल्न आग्रह गर्छौ । केन्द्रले सहयोग गरेन भने देशैभर जान्छौं’, उनले भने, ‘पार्टी विधानत चलेन, विकृति जगायो । पार्टीलाई विधानत चलायो भने पार्टी एउटै हुन्छ, विकृति हट्छ गुटको अन्त्य हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर