चिवाभन्ज्याङको जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा (तस्बिरहरु) – Nepal Press

चिवाभन्ज्याङको जंगे पिलरमा ओलीले फहराए राष्ट्रिय झण्डा (तस्बिरहरु)

पाँचथर । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पाँचथरको चिवाभन्ज्याङ पुगेका छन्। बैतडीको झुलालघाटबाट सुरु भएको एमालेको संकल्प यात्राको अन्तिम दिन ओली चिवाभन्ज्याङ पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएका हुन्।

एमालेको संकल्प यात्रा आज समापन हुँदैछ। यसअघि एमाले नेता कार्यकर्ताहरुले चिवाभन्ज्याङको जंगे पिलरमा झण्डा फहराएका थिए।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा नेताहरु खटाएका छन्।

टोलीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर