फिदिमकाे उपमेयरका उम्मेदवार राप्रपा नेता थापासहित विभिन्न पार्टीबाट एमाले प्रवेश – Nepal Press

फिदिमकाे उपमेयरका उम्मेदवार राप्रपा नेता थापासहित विभिन्न पार्टीबाट एमाले प्रवेश

काठमाडौं । पाँचथरको फिदिम नगरपालिकाको उपमेयरका उम्मेदवार रहेका राप्रपाका नेता जगत थापा मगरलगायत नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्राको फिदिममा आयोजित अन्तिम सभामा उनीहरुलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस, राप्रपा, नेकपा एसलगायत पार्टीबाट उनीहरु एमाले प्रवेश गरेका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर