पितृभूमि पाँचथरबाट सुवास नेम्वाङ पुत्र सुहाङ पनि मिसिए संकल्प यात्रामा (भिडीओ) – Nepal Press

पितृभूमि पाँचथरबाट सुवास नेम्वाङ पुत्र सुहाङ पनि मिसिए संकल्प यात्रामा (भिडीओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधान सभाका अध्यक्ष सुवास नेम्वाङका पुत्र सुहाङ नेम्वाङ पनि पार्टीको संकल्प यात्रामा सामेल भएका छन् ।

एमालेले सुरु गरेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्यपहाडी लाेकमार्ग संकल्प यात्राका क्रममा बुबा सुवासको जन्मथलो पाँचथरबाट सुहाङ पनि सहभागी भएका हुन् ।

पाँचथरको फिदिममा आयोजित आमसभामा पुगेका सुहाङलाई फुलमालाले स्वागत गरिएको थियो । एमालेले संकल्प यात्राको अन्तिम सभाको रुपमा फिदिममा आमसभा गरिरहेको छ ।

सुहाङका काका बसन्त नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभाका सांसद छन् । सुहाङ आफैं इलामबाट फुटबल क्लबमार्फत विभिन्न गतिविधिमा सक्रिय छन् भने उनले राजनीतिमा लागेर आफ्नो बुबाको सपना पूरा गर्ने घोषणा गरिसकेका छन् । यसअघि सुहाङ र उनकी आमाले एमाले अध्यक्ष ओलीलाई भेट गरेका बताइएको छ ।

स्वच्छ छवि बनाएका नेताका रुपमा रहेका सुवास नेम्वाङको गत भदौ २६ गते हर्टअट्याकका कारण निधन भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर