एमालेको सङ्कल्प यात्राको अन्तिम सभा फिदिममा सुरु गाउँ-गाउँबाट झाँकीसहितको र्‍याली (तस्बिरहरु) – Nepal Press

एमालेको सङ्कल्प यात्राको अन्तिम सभा फिदिममा सुरु गाउँ-गाउँबाट झाँकीसहितको र्‍याली (तस्बिरहरु)

पाँचथर । नेकपा एमालेले सुरु गरेको झुला घाट चिवा भञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गतको अन्तिम आमसभा पाँचथरको फिदिममा सुरु भएको छ । आमसभामा सुरु हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली सहितका नेता तथा कार्यकर्ताहरूको र्‍यालीले फिदिम बजार परिक्रमा गरेको थियो ।

अध्यक्ष ओलीको जन्म घर तेह्रथुमको आठराई इवाबाट बिहान फिदिम पुगेका अध्यक्ष ओलीले पुष्पलाल स्मृति परिषद्को कार्यालय उद्घाटन गरेका थिए । कार्यालय उद्घाटन पछि विभिन्न जातीय भाँकी सहितको र्‍यालीमा सहभागी हुँदै ओलीले नगर परिक्रमा गरेका थिए ।

जनसभामा विभिन्न सास्कृतीक कार्यक्रम समेत भइरहेको छ ।

सभामा सहभागी हुन गाउँ गाउँबाट र्‍याली आएको छ । र्‍यालीमा सहभागीहरूले जातीय पहिरन र पोसाक लगाएका छन् । अधिकांश लिम्बु समुदायको बसोबास रहेको पाँचथरको फिदिममा सहभागी हुन ताप्लेजुङसहित इलाम झापा लगायतका जिल्लाबाट समेत नेता कार्यकर्ता सहभागी भएका छन् । एमालेको सभालाई अवरोध गर्ने गरी पहिचान वादीले बन्दको आव्हान गरे पनि यसको असर भने परेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर