प्रधानमन्त्री प्रचण्ड भन्छन्- गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गर्दैछन्, प्रतिरोध गर्नुस् – Nepal Press

प्रधानमन्त्री प्रचण्ड भन्छन्- गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गर्दैछन्, प्रतिरोध गर्नुस्

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् । यो भावलाई हामीले सदैंव दृढताकासाथ संकल्प गरि अघि बढ्नुको कुनै विकल्प नभएको उनले बताए ।

ललितपुरको थेचोमा नवदुर्गा भवानी देवी १२ वर्षे जात्रा समापन समारोहलाई आज सम्बोधन गर्दै उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। हाम्रा समृद्धशाली मूर्त र अमूर्त साँस्कृतिक धरोहर सम्पदाहरू राष्ट्रिय एकता सबलीकरण गर्ने बिशिष्ट माध्यमका रूपमा परिचित छन्। । यी साँस्कृतिक परम्पराहरूले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई मजबुत बनाउन अहम् भूमिका खेलेका छन् ।’

प्रधानमन्त्रीले आफ्नो संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु हामी सबैको दायित्व मात्र होइन, अधिकार पनि भएको बताए । नेपालको संविधानले नै धार्मिक स्वतन्त्रता कायम गरी प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण गर्ने हकको व्यवस्था गरेको स्पष्ट पारे ।

प्रधानमन्त्रीले विभिन्न कालखण्डमा मानव समुदायहरूले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यस अनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताए ।

उनले भने, ‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरेकने संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् । इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् । त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’

उनले धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामथ्र्य र सम्भावनाको केन्द्र रहेको गोदावरी नगरपालिकामा आयोजना हुने ऐतिहासिक महत्वको १२ बर्षे नवदुर्गा जात्राको भव्य सफलताको कामना गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर