सौरहामा चार वर्षपछि हात्ती महोत्सव हुँदै – Nepal Press

सौरहामा चार वर्षपछि हात्ती महोत्सव हुँदै

चितवन । कोरोना महामारीपछि रोकिएको हात्ती महोत्सव यसवर्षबाट सञ्चालन गरिने भएको छ । सौरहामा हरेक वर्ष हुँदै आएको महोत्सव चार वर्षपछि आउँदो पुस १० गतेदेखि १७औँ पटक हुन लागेको हो ।

क्षेत्रीय होटल संघ सौराहाले आयोजना गर्ने महोत्सवमा हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोन, हात्तीको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता लगायतका हात्तीसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु तय गरिएका छन् ।

हात्ती महोत्सवका संयोजक ओमप्रकाश पाण्डेका अनुसार महोत्सव पुस १० देखि सुरू भई पुस १४ गतेसम्म सञ्चालन हुनेछ । उनले यसवर्षको हात्ती महोत्सवको प्रवर्द्धनको लागि प्लाष्टिकजन्य पदार्थलाई प्रयोग नगरी पूर्णरूपमा डिजिटल प्रविधि प्रयोग गर्ने पनि जानकारी दिए ।

हात्तीबारे जानकारी दिनुका साथै विभिन्न हात्तीसँग सम्बन्धित कार्यक्रमहरू चार दिनसम्म सञ्चालन गरिने आज सौराहामा आयोजित पत्रकार सम्मेलनमा संयोजक पाण्डेले जानकारी दिए । रत्ननगर नगरपालिका संयोजक रहेको महोत्सवलाई नेपाल पर्यटन बोर्ड र बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रवर्द्धन गरेको छ । भने, १७ औँ संस्करणको हात्ती महोत्सवको सहआयोजक युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेण्ट तथा बार एशोसिएसन चितवन रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *