देउवाका आलोचकलाई प्रवक्ता महतको जवाफ- उहाँ उदार हुनुहुन्छ, काम गर्न कसैलाई रोक्नुहुन्न – Nepal Press

देउवाका आलोचकलाई प्रवक्ता महतको जवाफ- उहाँ उदार हुनुहुन्छ, काम गर्न कसैलाई रोक्नुहुन्न

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिबाट पार्टीका क्रियाकलाप सञ्चालन भएन भन्ने कुराको कुनै तुक नभएको बताएका छन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले उदारताका साथ पार्टी चलाइरहेको बताए ।

उनले संस्थापनइतर पक्षका नेताहरुले देउवाबाट पार्टी सक्रिय नभएको भन्दै लगाएको आरोपमा सत्यता नभएको बताए ।

प्रवक्ता महतले पार्टीको निर्णयअनुसार नै विभाग र भ्रातृ संगठनहरुले पूर्णता पाइरहेको जिकिर गरे ।

उनले भने, ‘सभापतिको कारणले पार्टी क्रियाशील भएन भन्ने कुरामा कुुनै तुक छैन । उहाँले उदारताका साथ पार्टी सञ्चालन गर्नुभएको छ । केन्द्रीय समितिको बैठकमा छलफलको क्रममा पनि कुनै तिक्तताको अवस्था छैन । उहाँले उदारताका साथ पार्टी पदाधिकारीका साथीहरुलाई पनि काम गर्न दिनुहुन्छ । उहाँको कारणले कार्यक्रम कार्यान्वयन गर्न पाइएन भन्ने कुरामा कुनै सत्यता छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर