नगरकोटमा आजदेखि जिपलाइन सञ्चालनमा – Nepal Press

नगरकोटमा आजदेखि जिपलाइन सञ्चालनमा

काठमाडौं । भक्तपुरको नगरकोटमा आजदेखि नेपालको लामो जपलाइन सञ्चालनमा आएको छ ।

चाँगुनारायण नगरपालिका ६ स्थित नगरकोटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जिपलाइनको उद्घाटन गरेसँगै  आजदेखि सञ्चालनमा आएको हो ।

नगरकोट जिपलाइन प्रालिले निर्माण गरी सञ्चालनमा ल्याएको जिपलाइन २.२५० किलोमिटर लामो छ ।

यो जिपलाइन नेपालकै सबैभन्दा लामो भएको सञ्चालकद्वय केदार थापाले बताए । उनले भने,‘ हालसम्म सञ्चालनमा आएको जिपलाइनहरुमध्ये सबैभन्दा लामो जिपलाइन यही हो । एडभेन्टर लिन चाहनेहरुको लागि एकदमै मनोरञ्जन दिन्छ ।’

काठमाडौं उपत्यकाबाट बिदा मनाउन जानेहरुका लागि बस्ने होटल पनि नगरकोट जिपलाइन प्रालिले सञ्चालन गरेको छ । २२५० मिटर अग्लो उचाइमा रहेको यो जिपलाइनले आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक रहेको उनले बताए ।

करिब ४ करोड लगानीमा निर्माण गरिएको जिपलाइनमा क्लासिक र सुपरम्यान गर्न सकिन्छ । जिपलाइन गरेको नेपालीलाई ४ हजार ५ सय रुपैयाँ तोकेको छ । अहिले एक्लाएक्लै मात्र जिपलाइन गर्न सकिन्छ । केही समय पछि भने दुई जना कप्पल गर्न मिल्ने गरी सञ्चालन गरिने थापाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर