घुससहित पक्राउ परेका सशस्त्रका सहायक हवल्दार र नेपाल प्रहरीका सई दोषी ठहर – Nepal Press

घुससहित पक्राउ परेका सशस्त्रका सहायक हवल्दार र नेपाल प्रहरीका सई दोषी ठहर

काठमाडौं । विशेष अदालतले शुक्रबार घुस लिएको सम्बन्धी तीनवटा फरक मुद्दामा प्रतिवादीलाई दोषी ठहर गरेको छ ।

२ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका लेखापाल विनोद विष्ट, २० हजार रुपैयाँ घुससहित पक्राउ परेका सशस्त्र प्रहरीका सहायक हवल्दार नगेन्द्र सेन र २ लाख रुपैयाँ घुससहित पक्राउ परेका जलस्रोत तथा सिचाईं विकास डिभिजन कार्यालय बसुन्धराबाट पक्राउ परेका सब इन्जिनियर दीपेन्द्रकुमार केसी दोषी ठहर भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विष्टलाई गत असार २० गते काठमाडौंबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल रहेका नायब निरिक्षक-सई विष्टले भवन निर्माणको म्याद थप तथा सहजीकरणका लागि घुस लिएको आरोप लागेको थियो ।

यस्तै, सुरक्षा बेस क्याम्प, विष्णुपुरा रुपन्देहीमा कार्यरत सेनले ट्याक्टरमा माटो ओसार्नेसँग घुस लिएको आरोपमा गत वैशाख ३ गते अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

केसी भने २०७८ असोज १९ गते पक्राउ परेका थिए । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न अन्तिम अन्तिम बिल भुक्तानी गर्ने सम्बन्धमा केसीले सेवाग्राहीसँग घुस लिएको दावी गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *