७ महिना २ दिनपछि छुट्दै खाण : अदालतमा बुझाए ३० लाखको ग्यारेन्टी (भिडिओ) – Nepal Press

७ महिना २ दिनपछि छुट्दै खाण : अदालतमा बुझाए ३० लाखको ग्यारेन्टी (भिडिओ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

उच्च अदालत पाटनले ३० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै रिहाइका लागि प्रक्रिया पुर्‍याउन जिल्ला अदालतमा उपस्थित गराइएको हो । खाणले काठमाडौं जिल्ला अदालत पुगेर ३० लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएपछि मात्र उनलाई छाडिनेछ । ती दुई निकायले यसअघि नै कारागार प्रशासनलाई गरेको पत्राचार अनुसार थप अनुसन्धानका लागि बुझाउन लागिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुवै निकायले खाणलगायतका आरोपीमाथि अनुसन्धान गरिरहेका छन् ।

वैशाख २७ गते पक्राउ परेका खाण ७ महिना २ दिनपछि रिहा हुन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर