जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते – Nepal Press

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, हवल्दार गम्भीर घाइते

रुपन्देही । बाँकेमा जीपको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

गए राती बाँकेको मदनचोकमा भे१च ३४०७ नम्बरको बलेरो जीपले ठक्कर दिँदा प्रहरी जवान विशाल वलीको मृत्यु भएको र प्रहरी सहायक हवल्दार लालबहादुर बुढा घाइते भएका छन् ।

प्रहरीका अनुसार मदनचोक प्रहरी बिटमा कार्यरत वली र बुढालाई डिउटी सकेर घर जान हिँडेको अवस्थामा बलेरो जीपले ठक्कर दिएको थियो ।

प्रहरी जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गम्भीर घाइते रहेका दुवैलाई कोहलपुर मेडिकल कलेजमा ल्याएकोमा वलीको मृत्यु भएको थियो ।

अर्का गम्भीर घाइते बुढाको कोहलपुरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौँ लगिएको बाँके प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *