बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले वृद्धि – Nepal Press

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले वृद्धि

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले कार्तिक महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको देखाएको हो । त्यस्तै निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर