ग्राउण्ड ह्याण्डलिङको निर्णयबारे प्रधानमन्त्रीलाई रास्वपाको प्रश्न- सरकार प्रतिक्रियाविहीन बन्न मिल्छ ? – Nepal Press

ग्राउण्ड ह्याण्डलिङको निर्णयबारे प्रधानमन्त्रीलाई रास्वपाको प्रश्न- सरकार प्रतिक्रियाविहीन बन्न मिल्छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले त्रिभुवन विमानस्थलको ग्राउण्ड ह्याण्डलिङबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको निर्णय, युरोपियन युनियनको कालोसूचीमा नेपालको निरन्तरता र नेपाल एयरलाइन्सका लागि नयाँ विमान किन्ने प्रक्रियाबारे सरकारको ध्यानाकर्षण गराएको छ ।

कार्यवहाक सभापति डीपी अर्यालको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण-पत्र बुझाएको हो । करिब ५० वर्षपछि खुला प्रतिस्पर्धाको बहानामा ग्राउण्ड ह्याण्डलिङ सेवा नेपाल एयरलाइन्सबाट खोस्नुपर्ने मनासिव कारण के-के हुन् ? र, प्राधिकरणको निर्णयको औचित्य कसरी पुष्टि हुन्छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेको छ ।

ग्राउण्ड ह्याण्डलिङ गुमाउँदा नेपाल एयरलाइन्सलाई आर्थिकरूपमा झनै धराशायी हुनसक्ने भन्दै रास्वपाले प्रधानमन्त्रीलाई सोधेको छ, ‘प्राधिकरणको निर्णयले एयरलाइन्सलाई थप अधोगतिमा लग्यो भने त्यसको मुख्य जिम्मेवार को, प्राधिकरणमात्रै कि विभागीय मन्त्रालय, मन्त्री र प्रधानमन्त्री पनि ?’

राष्ट्रिय सुरक्षा पनि पर्नसक्ने जोखिम र विमानस्थलमा मौलाउनसक्ने विकृतिको जिम्मेवारी कसले लिन सक्छ ? भन्दै प्रश्न गरेको छ। प्राधिकरणले निर्णय गरिहाल्यो भनेर यस्तो संवेदनशील विषयमा सरकार प्रतिक्रियाविहीन बन्न नमिल्ने उल्लेख गरेको छ ।

प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँग छलफल गरेर रास्वपाको चासो र चिन्ता सम्बोधनमा अधिकतम् प्रयास गरिने प्रतिवद्धता जनाए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर