भिजिट भरतपुर क्रिकेटको उपाधि मकवानपुरलाई – Nepal Press

भिजिट भरतपुर क्रिकेटको उपाधि मकवानपुरलाई

काठमाडौं । चार जिल्लाको संयुक्त आयोजनामा भएको ‘भिजिट भरतपुर-२०२३’ क्रिकेटको उपाधि मकवानपुर जिल्लाले जितेको छ।

बुधवार भएको फाइनलमा मकवानपुरले चितवनलाई ५ विकेटले पराजित गर्यो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको एक सय २४ रनको लक्ष्य मकवानपुरले १९ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो।

विजयी टोलीका शुभ कंसकारले २७, रिजन ढकालले अविजित २३, तक्षक सिंखडाले २४ र सक्षम बस्ताकोटीले २० रन बनाए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २३ रन जोडेको थियो। चितवनका क्रिजन गुरुङले ३१ र दीपेश श्रेष्ठले २० रन बनाए।

मकवानपुरका समीर चौलागाईंले ३ र रोहित ठाकुरले २ विकेट हात पारे। रिजल प्लेयर अफ दी फाइनल, प्लेयर अफ दी सिरिज र बेस्ट बलर चुनिए। चितवनका प्रतीक श्रेष्ठ बेस्ट ब्याटर घोषित भए।

प्रतियोगितामा चितवन, मकवानपुर, पर्सा र नवलपरासी सहभागी भएको चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदिप पियाले जानकारी दिए। राउन्ड रोबिनपछि शीर्ष दुई टोली उपाधिका लागि भिडेका थिए।

चितवन जिल्ला अध्यक्ष पियाले जिल्लामा क्रिकेटको गतिविधि बढाउन र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई चलायमान बनाउन चार जिल्ला संघका अध्यक्षको अग्रसरतामा प्रतियोगिता आयोजना गरिएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर