अख्तियारद्वारा भूकम्प पीडितलाई साढे आठ लाख भन्दा बढी रुपैयाँ सहयोग – Nepal Press

अख्तियारद्वारा भूकम्प पीडितलाई साढे आठ लाख भन्दा बढी रुपैयाँ सहयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्प पीडितलाई साढे आठ लाख भन्दा बढी रुपैयाँ सहयोग गरेको छ ।

गत कात्तिक १७ गतेको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितको सहयोगको लागि आयोगका पदाधिकारी र कर्मचारीबाट प्रधानमन्त्री राहत कोषमा आठ लाख ६१ हजार ७७८ रुपैयाँ जम्मा गरिएको आयोगले जनाएको हो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार एभरेष्ट बैंक लिमिटेडमा रहेको प्रधानमन्त्री राहत कोषको खातामा उक्त रकम जम्मा गरिएको आयोगले सहसचिव प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *