‘कथित’ पहिचानको नाममा एमालेलाई जिस्क्याए प्रतिकार गर्छौं : भोजपुर अध्यक्ष राई – Nepal Press

‘कथित’ पहिचानको नाममा एमालेलाई जिस्क्याए प्रतिकार गर्छौं : भोजपुर अध्यक्ष राई

भोजपुर । नेकपा एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईले ‘कथित’ पहिचानको नाममा एमालेलाई नजिस्क्याउन चेतावनी दिएका छन् ।

नेकपा एमालेको झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १४औं दिन भोजपुरमा आयोजित सभामा उनले एमालेविरुद्धको गतिविधि सैह्य नहुने बताए ।

‘पहिचानका नाममा राजनीति गर्दै कसैले एमालेविरुद्ध गडबडी गर्छ भने त्यसको प्रतिकार गर्छौँ, हामी चुप लागेर बस्दैनौँ’, राईले भने ।

उनले थपे, ‘पहिचानको नाममा राजनीति गर्ने र त्यही बहानामा एमालेमाथि आक्रमण गर्ने दुष्कार्य हामीलाई स्वीकार्य छैन, हामी प्रतिकार गर्छौँ ।’

एमालेलाई जिस्काउने र चलाउने नगर्न भन्दै उनले भने, ‘नेकपा एमालेलाई जिस्काउने र चलाउने काम बन्द गरियोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर