६ वर्षपछि भियतनाम पुगे चिनियाँ राष्ट्रपति सी, दुई देश जोड्ने रेलवेको तयारीमा सहमति – Nepal Press

६ वर्षपछि भियतनाम पुगे चिनियाँ राष्ट्रपति सी, दुई देश जोड्ने रेलवेको तयारीमा सहमति

काठमाडौं । आफ्नो पुरानो भियतनाम भ्रमणको ६ वर्षपछि चिनियाँ राष्ट्रपति सि भियतनाम भ्रमणमा गएका छन् ।

मंगलबारबाट सुरु भएको भियतनाम भ्रमण चीनको सीमा जोडिएको छिमेकि देशमा चिनियाँ राष्ट्रपति सीले गरेको छ वर्षपछिको दोस्रो भ्रमण हो ।

चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार मंगलबार सिले भियतनाम कम्युनिष्ट पार्टीका महासचिव गुयन फु त्रङसँग भेट गरेका थिए भने बुधबार उनको भियतनामका राष्ट्रिय सभा अध्यक्ष उङ दिन हुइसँग भेट गरेका छन् ।

चीनको जस्तै एक दल प्रणाली भएको समाजवादी देश भियतनामा सि पुग्दा २१ तोपको सलामी सिलाई दिइएको थियो ।

भियतनामी सरकारी अखबार तोइ त्रेका अनुसार चीनको प्रान्त युनानको राजधानी खुन्मिङबाट भियतनामी बन्दरगाह हाइफोङ जोड्ने रेल चीनले अनुदानमा दिने छलफल भएको छ ।

चीन भियतनाम सीमा :
युनान प्रान्त, जिङ्पिङ काउन्टी ।
तस्बिर : विराट अनुपम/नेपाल प्रेस

भियतनामी अखबारले चिनियाँ राजदूतलाई साभार गरेर उक्त कुरा उल्लेख गरेको हो । गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति जो बाइडनले भियतनाम भ्रमण गरेका थिए ।

त्यसको तीन महिनापछि सिको भ्रमण भएको हो । चीन र भियतनामले ‘वृहत् रणनीतिक साझेदारी’मा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर