शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेशस्तरीय भलिबल हुने – Nepal Press

शहीद हेमन्त प्रधानको स्मृतिमा प्रदेशस्तरीय भलिबल हुने

काठमाडौं । शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता गर्ने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आगामी पुस २६ गते सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरुले सहभागिता जनाउनेछन् ।

सशस्त्र द्वन्द्वको समयमा २०५८ साल पुस २९ गते तत्कालीन माओवादीले घरमै हत्या गरेका प्रधानको सम्झनामा आफ्नै गृह नगर दोलखाको जिरीमा प्रतियोगिता हुने कांग्रेस प्रदेश ‘क’ सभापति शुक्रराज तामाङले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै तेस्रो हुनेले ५० हजार र सान्त्वनाले ३० हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र पमाणपत्र पाउनेछन् ।

प्रतियोगिता अवधिभर राष्ट्रियस्तरका कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर