पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा नगरे अनिश्चितकालीन प्रदेश बन्द गर्ने पहिचानवादीहरुको चेतावनी – Nepal Press

पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा नगरे अनिश्चितकालीन प्रदेश बन्द गर्ने पहिचानवादीहरुको चेतावनी

विराटनगर । आन्दोलनका क्रममा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीलगायतका पहिचानवादी नेताहरूलाई तत्काल रिहा गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले माग गरेको छ ।

बन्दका क्रममा पक्राउ परेका नेताहरूलाई रिहा नगरे समितिले अनिश्चितकालका लागि प्रदेश बन्द गर्ने चेतावनी दिएको छ ।

समितिले आन्दोलनका क्रममा पक्राउ गरिएका पूर्वमन्त्री किराँती, जसपा नेता राजेश राई, हलेसी तुवाचुङ युवा सहसंयोजक गन्धमान राई, विजय राई, उदिम राई, विदुर राई, मीना राई, जसपा प्रदेश सदस्य दिनेश राईलगायतलाई तत्काल रिहा माग गरेको छ ।

समितिले मंगलबार विज्ञप्ति निकाल्दै पहिचानको खिल्ली उडाउन केही अवाञ्छित तत्त्वहरूको यस क्षेत्रमा गतिविधि बढेपछि पहिचान रक्षाको लागि यस संयुक्त सङ्घर्ष समितिले यही मंसिर २६ र २७ गते घुर्मीदेखि लेगुवा घाटसम्मको मध्यपहाडी लोकमार्ग शान्तिपूर्ण बन्द आह्वान गरेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर