खराब ब्याटिङपछि भारतसँग नेपालको लज्जास्पद हार, एसिया कपको यात्रा समाप्त – Nepal Press

खराब ब्याटिङपछि भारतसँग नेपालको लज्जास्पद हार, एसिया कपको यात्रा समाप्त

काठमाडौं । भारतसँगको लज्जास्पद हारसँगै नेपाल युएईमा जारी एसीसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । लगातार ३ खेलमा हार बेहोरेको नेपाल अंकविहीन रहँदै समूह चरणबाटै घर फर्किएको हो ।

मंगलबार दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको खेलमा नेपाल भारतविरुद्ध ५२ रनमै अल आउट भयो । भारतले ५३ रनको लक्ष्य ७ ओभर १ बलमा विना विकेट पूरा गर्दै एसिया कपको सेमिफाइनलको यात्रा तय गरेको छ ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ गरेका नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । १० औं नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपालका ब्याट्सम्यानको उच्च स्कोर थियो । नेपाल २२.१ ओभरसम्म मात्र टिक्न सक्यो । नेपाललाई १२ अतिरिक्त रन प्राप्त भएको थियो । भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए ।

ब्याटिङमा आत्मसमर्पण गरेको नेपालका बलरले पनि कुनै चमत्कार देखाउन सकेनन् । भारतका ओपनर आदर्श सिंह र आर्शिन कुलकर्णीले कुनै विकेट क्षतिविना टीमलाई लक्ष्यसम्म पुर्‍याए । ब्याटिङमा आत्मसर्पण गरेको नेपालका बलरले पनि कुनै चमत्कार देखाउन सकेनन् । भारतका ओपनर आदर्श सिंह र आर्शिन कुलकर्णीले कुनै विकेट क्षतिबिना टिमलाई लक्ष्यसम्म पुर्याए । आदर्शले १३ बलमा १३ रन तथा कुलकर्णीले ३० बलमा ५ छक्कासहित ४३ रन बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर