भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट – Nepal Press

भारतविरुद्ध नेपालको दयनीय ब्याटिङ, ५२ रनमा अलआउट

लिम्बानीले लिए ७ विकेट, नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्

काठमाडौं । यूएईमा जारी यू-१९ एसिया कपमा नेपालले आफ्नो समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खराब ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल २२.१ ओभरमा ५२ रनमै अलआउट भयो ।

बाउन्स र स्वीङ अत्यधिक रहेको पीचमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । १० औं नम्बरमा आएका हेमन्त धामीले बनाएको ८ रन नै नेपाली ब्याट्सम्यानको उच्च स्कोर रह्यो । नेपाललाई १२ अतिरिक्त रन पाएको थियो ।

भारतका राज लिम्बानीले ७ विकेट लिँदै नेपालको ब्याटिङ ध्वस्त बनाए । उनले ९.१ ओभरमा केवल १३ रन खर्चेका थिए ।

भारतीय फास्ट बलर जोडी राज लिम्बानी र आराध्य सुक्लाले सुरुदेखि नै नेपाली ब्याट्सम्यानलाई अप्ठेरोमा पारेका थिए । नेपाली ब्याट्सम्यानहरुलाई बलसँग ब्याटको सम्पर्क गराउनै कठिन भएको थियो । भारतीय बलिङविरुद्ध कुनै पनि ब्याट्सम्यानले आत्मविश्वास देखाउन सकेनन् । इन फर्म अर्जुन कुमाल, कप्तान देव खनाल र स्टार गुल्शन झा तीनैजनाको ब्याट चलेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर