वृहत राष्ट्रिय मोर्चा निर्माणका लागि राप्रपा नेपालले बनायो तीन सदस्यीय समिति – Nepal Press

वृहत राष्ट्रिय मोर्चा निर्माणका लागि राप्रपा नेपालले बनायो तीन सदस्यीय समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वृहत राष्ट्रिय मोर्चा निर्माणका लागि समिति गठन गरेको छ । पार्टीका उपाध्यक्ष राजिव पराजुली संयोजक रहेको समितिमा उपाध्यक्ष तारा लुइँटेल र महामन्त्री राजाराम बर्तौला सदस्य रहेका छन् ।

समितिले समान विचारधारा भएकाहरुसँग एकता, सहकार्य गर्ने सवालमा वार्ता गर्नेछ ।

राप्रपा नेपालले सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, केन्द्र र स्थानीय गरी दुईतहको राज्य संरचना र सरकारको विचार राख्ने दलहरुसँग सहकार्य गर्ने जनाएको छ ।

यस्तै जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष तथा राष्ट्रियसभाको लागि समानुपातिक निर्वाचन प्रणाली, समावेशी तथा समानुपातिक प्रतिनिधित्व र उदार आर्थिक व्यवस्थाको मुद्दा पनि राप्रपाले अगाडि सारेको छ ।

वृहत मोर्चा निर्माणसँगै पार्टीको तर्फबाट आन्दोलनको तयारी पनि गरिने राप्रपा नेपालले जनाएको छ । आन्दोलनको तयारी स्वरुप मेची महाकाली जनजागरण यात्रा, युवादस्ताको तयारी, विभिन्न चरणमा प्रशिक्षण, प्रत्येक अंचलमा सभा तथा प्रदर्शन, जनताको माझमा राप्रपा नेपाल अभियान र राजधानी केन्द्रित प्रदर्शन गर्ने राप्रपाले नेपालले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर