१५ उपसचिव बढुवाका लागि सिफारिस – Nepal Press

१५ उपसचिव बढुवाका लागि सिफारिस

काठमाडौं । १५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोकसेवा आयोगको बढुवा समितिको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिले सिफारिस गरेको योग्यताक्रम अनुसार क्रमशः नरबहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुवबहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थप्रसाद धिताल, राजेश गौतम, सहसचिवमा बढुवा हुनेछन् ।

यस्तै ऋषिराम पंगेनी, रामुराज उपाध्याय, राजकपुर चौलागाई, सन्तोषप्रसाद दाहाल, सुर्यबहादुर खत्री, जीवनप्रसाद दुलाल र ऋषिराज आचार्य पनि सहसचिवमा बढुवा हुनेछन् ।

बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर