पहिलो पटक महिलाले कमाण्ड गर्दै परराष्ट्र, सेवा सचिवमा बढुवा सिफारिस – Nepal Press

पहिलो पटक महिलाले कमाण्ड गर्दै परराष्ट्र, सेवा सचिवमा बढुवा सिफारिस

काठमाडौं । परराष्ट्र मन्त्रालयको रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव सेवा लम्साल सिफारिस भएकी छन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव सेवा लम्सालको एकल नाम सिफारिस गरेको हो ।

मन्त्रालयका सचिव भरतराज पौड्याल राजदूतका लागि सिफारिस भएपछि र गत मंगलबारदेखि उमेर हदका कारण अनिवार्य अवकाशमा गएपछि मन्त्रालयमा रिक्त हुन पुगेको सचिव पदमा मन्त्रालयमा कार्यरत सहसचिव एवम प्रवक्ता लम्सालको एकल नाम सिफारिस भएको हो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव लम्सालको एकल नाम मात्रै सिफारिस भएको हो ।

सचिव पौड्यालको अवकाशसँगै लम्साल कायममुकायम सचिवको जिम्मेवारीमा थिइन् । तत्कालीन सचिव पौड्याल क्यानडाको लागि राजदूतमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेका छन् । अब बस्ने मन्त्रिपरिषद बैठकले लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । सम्भव त लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव बन्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर