११ः११ सेलमा खरिदकर्ताको संख्या ६०० प्रतिशतले वृद्धि भएको दराजको दाबी – Nepal Press

११ः११ सेलमा खरिदकर्ताको संख्या ६०० प्रतिशतले वृद्धि भएको दराजको दाबी

काठमाडौं । दराजले गत कार्तिक २५ गते सार्वजनिक गरेको ११ः११ सेलमा खरिदकर्ताको संख्या ६०० प्रतिशत वृद्धि भएको दाबी गरेको छ ।

दराज नेपालले ११ः११ सेलबाट लाखौं ग्राहकले करोडौंको छुट पाउनुका साथै सेल अवधिमा काठमाडौं उपत्यका बाहिरका खरिदकर्ताको संख्यामा ६०० प्रतिशतले वृद्धि भएको जनाएको हो ।

यस वर्षको दराज ११ः११ सेलमा ५० लाख ग्राहकले दराजबाट सामान खरिद गरेका छन् । विक्रेताहरूको अनलाइन व्यवसाय बढाउन मद्दत गर्ने उद्देश्यले सञ्चालन गरिएको ११ः११ सेलबाट १९ हजार विक्रेताको सञ्जाल निर्माण गर्न सफल भएको दराजको दाबी छ ।

दराजका अनुसार सेल सुरु भएको १९ मिनेटमै पहिलो ५०० अर्डर प्राप्त र सामान्य समयको तुलनामा ११ः११ सेलमा दराजको बिक्री ४६ प्रतिशतले बृद्धि भएको छ ।

दराजका प्रवन्ध निर्देशक आँचल कुँवर भन्छिन्, ‘यो चुनौतीपूर्ण समयमा हामी हाम्रा ग्राहकहरुको लागि उत्कृष्ट मूल्यमा सर्वोत्कृष्ट सामान उपलब्ध गराउन प्रतिवद्ध छौं । हाम्रो यही उद्देश्यले गर्दा नै हाम्रो ११ः११ सेलले यो सफलता पाएको छ । यो सफलतामा ग्राहक महानुभावहरु र धेरै साझेदार ब्राण्ड तथा बिक्रेताहरुको हात छ । नयाँ बिक्रेताहरुले हामीलाई विश्वास गरेर दराजमा सामान राख्नुभएको देखेर हामी निकै हर्षित छौं । सम्पूर्ण दराजकर्मीहरुको तर्फबाट हाम्रा शुभचिन्तक, ग्राहक महानुभाव तथा साझेदारहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर