निर्माण व्यवसायी विकास परिषद्बाट जाजरकोट भूकम्प प्रभावितलाई ३० लाख सहयोग – Nepal Press

निर्माण व्यवसायी विकास परिषद्बाट जाजरकोट भूकम्प प्रभावितलाई ३० लाख सहयोग

काठमाडौं । निर्माण व्यवसायी विकास परिषद्ले जाजरकोट भूकम्प प्रभावितलाई ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अध्यक्षतामा बसेको बैठकले राहत, पुनर्निर्माण र शैक्षिक सामग्रीका लागि ३० लाख रकम सहयोग गर्ने निर्णय गरेको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए ।

‘राहत र पुनर्निर्माणका लागि २५ लाख र विद्यालयमा शैक्षिक सामग्रीका लागि ५ लाख दिने निर्णय भएको छ’, सहसचिव विष्टले भने, ‘निर्णय भएको रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा हुनेछ ।’

भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम र सल्यान पुगेर फर्केलगत्तै मन्त्री ज्वालाले परिषद्को बैठक बोलाएका थिए । उनले डेढ महिनाको पारिश्रमिक दिने यसअघि नै घोषणा गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र सहसचिवले तीन दिन, उपसचिव र अधिकृतले दुई दिनको तलब दिने निर्णय गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *