ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० मंसिर १८ गते १३:४९
![](https://www.nepalpress.com/wp-content/uploads/2023/12/Snow-in-Dhorpatan-e1701677044930.jpg)
बागलुङ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ ।
मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिए ।
‘यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो’, कँडेलले भने, ‘हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।’
हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर