एनआईसी एशिया बैंकमा सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम – Nepal Press

एनआईसी एशिया बैंकमा सबै कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम

काठमाडौं । एनआईसी एशिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ ।

बैंकले यसअघि ३ प्रतिशत भन्दा बढी प्रिमियम भएका ग्राहकको कर्जामा ३ प्रतिशत प्रिमियम कायम गरेको हो । जहाँ बैंकको मंसिर महिनाको औसत आधार दर १०.७ प्रतिशत रहेकोमा ३ प्रतिशत प्रिमियम थप गरी कर्जाको अधिकतम ब्याजदर १३.७ प्रतिशत कायम गरिएको छ ।

बैंकले ल्याएको नयाँ प्रिमियम दर फोन लोन र क्रेडिट कार्ड बाहेक बैंकबाट प्रवाह भएका अन्य कर्जा घर कर्जा, व्यवसाय कर्जा, सवारी कर्जा, शेयर कर्जा लगायत सम्पूर्ण कर्जाहरूमा लागू गरिएको छ ।

बैंकले देशभर ३६० शाखा कार्यालय, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर