मध्यपहाडी यात्रामा रहेका ओलीलाई अनुराधाको फोन- मानव बेचबिखनविरुद्धको मुद्दा पनि उठाइदिनुस् – Nepal Press

मध्यपहाडी यात्रामा रहेका ओलीलाई अनुराधाको फोन- मानव बेचबिखनविरुद्धको मुद्दा पनि उठाइदिनुस्

काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले फोन गरेकी छन् । पूर्वप्रदेश प्रमुख रहेकी कोइरालाले आइतबार साँझ ओलीलाई फोन गरेर अभियानको क्रममा मानव बेचबिखनविरुद्धको मुद्दा उठाइदिन आग्रह गरेकी हुन् ।

फोनमा ओलीलाई कोइरालाले मध्यपहाडी धेरैले बिर्सेको ठाउँमा अभियान चलाएको भन्दै आभार व्यक्त गरिन् ।

ओली अहिले ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को क्रममा दैलेखमा छन् । मानव बेचबिखनको सबैभन्दा जोखिम दैलेख भएकाले त्यहाँका जनतालाई सचेतनाको लागि सन्देश अभियानमार्फत् दिन ओलीलाई आग्रह गरिन् ।

ओलीलाई कोइरालाले फोनमा भनिन्, ‘तपाईं दैलेखमा पुग्नुभएको रहेछ । दैलेख मानव बेचबिखनको सबैभन्दा जोखिम जिल्ला हो । त्यहाँका युवती र बालिकाहरूलाई नेपालगञ्ज ट्रान्जिट बनाएर काठमाडौं ल्याउने गरेका छन् ।’

उनले एमालेजस्तो ठूलो पार्टीको अभियानमा बेचबिखनविरुद्ध जनचेतना जगाउन सके ठूलो म्यासेज जाने बताइन् । उनले राजनीतिकसँगै बेचबिखनविरुद्धको आवाज उठाइदिन आग्रह गरिन् ।

कोइरालाको फोनपछि ओलीले पनि दैलेखमा आफूले मानव बेचबिखनविरुद्धको मुद्दा उठाएर जनतालाई सचेत गराउने बचन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर