ह्वावेद्वारा भूकम्प पीडितलाई सहायता – Nepal Press

ह्वावेद्वारा भूकम्प पीडितलाई सहायता

काठमाडौं । ह्वावे नेपालले भूकम्प पीडितलाई राहत सामग्रीको रूपमा पाल, कम्बल, स्लीपिङ झोला जस्ता आवश्यक सामग्रीहरू उपलब्ध गराएको छ ।

ह्वावेले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र डिजिटल एम्पावरमेन्ट सोसाइटीसँग मिलेर जाजरकोट र रुकुमका भूकम्प पीडितलाई राहत सामग्रीको उपलब्ध गराएको हो । ह्वावे नेपालका सीईओ ह्वाङ जुन, पीआर निर्देशक झाङ लिआङ र डिजिटल एम्पावरमेन्ट सोसाइटीले मन्त्री रेखा शर्मालाई राहत सामग्री हस्तान्तरण गरिएका हुन् ।

ह्वावेले प्रभावित क्षेत्रमा दूरसञ्चार साइटहरू कायम राख्न २४/७ नेटवर्क सेवा प्रदान गर्ने बताएको छ । ह्वावेले प्रभावित क्षेत्रमा दूरसञ्चार सेवालाई निरन्तर सुचारु अवस्थामा राख्न आफ्नो प्राविधिक टिमलाई स्ट्यान्डबाइ राखेको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर